काठमाडौं । राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त वैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।
पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने वैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।
प्रवक्ता सगनु सुन्दर लावतीले जनाए अनुसार, वैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ । आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ ।
राप्रपा (संयुक्त) ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ । संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति सो पार्टी प्रतिवद्ध छ ।
विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को वैठक महत्वपूर्ण रहने अपेक्षा छ । वैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा सम्पन्न हुनेछ ।
राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्य समितिको वैठक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०७६, २१ : ३७
लेखकबाट थप