भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

बुधबार, १७ माघ २०७४, १७ : ०७
भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

काठमाडौं । भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहीबार अपराह्न विशेष विमानबाट यहाँ आउदैछिन् ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस