तोकिएको दरबन्दीमा जान निर्देशन

बुधबार, १७ माघ २०७४, १४ : ०५


भोजपुर । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । 

स्थानीय सरकारका प्रमुखसमेत रहनुभएका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिनुभएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयको एक कार्यक्रममा उहाँले नगर स्वास्थ्य संयोजकको हैसियतले अस्पतालको सुदृढीकरणका लागि विभिन्न कार्य गर्ने उल्लेख गर्नुभयो । प्रमुख आलेले महिनामा एकचोटि अस्पताल परिसरको सरसफाइ कार्यक्रम गर्ने मितिसमेत तोक्नुभएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस