चस्मा ब्यवसायी संघमा पौडेलको नेतृत्व

मंगलबार, १६ माघ २०७४, २० : ०९
चस्मा ब्यवसायी संघमा पौडेलको नेतृत्व

भरतपुर। चितवनका चस्मा व्यवसायीहरु संगठीत भएका छन् । जिल्लामा रहेका चस्मा व्यवसायीहरुको भेलाले मंगलवार भरतपुरमा नेपाल चस्मा ब्यवसायी संघ चितवन गठन गरेको हो । संघको प्रथम साधारणसभा एवम् अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरस्वती अर्याल, सचिवमा सुवोध पौडेल, कोषध्यक्षमा भगवती घिमिरे र सदस्यहरुमा सरोज पौडेल, भाष्करचन्द्र न्यौपाने, रामशरण अर्याल, शान्ता कँडेल निर्विरोध निर्वाचित भएका छन् । 
अधिवेशनको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले चस्मा व्यवसायीहरु संगठीत भएर राम्रो कार्य गरेको बताउदैं आगामी दिनमा संघको बस्तुगत संगठनका रुपमा अघि बढ्न सुझाव दिनुभयो । अध्यक्ष प्रधानले व्यवसायीक हकहितको प्रवद्र्धन गर्न संगठनमा बल हुने भएकाले एकाकार भएर अघि बढ्नु आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा उवासंघ चितवनका उपाध्यक्ष सुमनकुमार श्रेष्ठले चस्मा व्यवसायीका ब्यवसायीक समस्या समाधानका लागी पहल गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
 चस्मा व्यबसायी संघमा हाल जिल्लाका मुख्य वजार क्षेत्र पर्सा, टाँडी, भरतपुर र नारायणगढका गरी ३५ जना संगठीत भएका छन् । चितवनमा बार्षिक झण्डै १० करोड रुपैयाँ बराबरको चस्माको कारोवार हुने गरेको ब्यवसायीहरुको अनुमान छ । नवनिर्वाचित अध्यक्ष पौडेलले नेपालमै पहिलो पटक चस्मा ब्यबसायीहरु चितवनमा संगठीत हुनपुगेको दावी गर्नुभयो । यस कार्यले देशभरका चस्मा ब्यवसायीहरुलाई संगठीत बन्न उत्प्रेरित गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा भरतपुर आँखा अस्पतालका पूर्व नेत्र अधिकृत हरिप्रसाद घिमिरे, अधिवक्ता महेशचन्द्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस