भूकम्पपीडितको आवास निर्माणका लागि सडक

मंगलबार, १६ माघ २०७४, १९ : ४०
भूकम्पपीडितको आवास निर्माणका लागि सडक

दोलखा । बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पु¥याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । 

बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष रेशम रिमालले बताए ।  

२०६६ सालमा यो सडक निर्माण कार्य शुरु गरिए पनि विभिन्न समयमा रोकिएकाले यसपटक गन्तव्यमा पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले बताए । पटक पटक गरी यो सडक निर्माणका लागि रु २७ लाख खर्च भएको उनले बताए ।  

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले बैतेश्वर गाउँपालिका–७, मार्बु रिमालगाउँ सो सडकको उद्घाटन गर्दै यो सडकको निर्माणले भूकम्प पीडितको आवास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

“बालुवा–गिट्टीको अभावका कारण भवन निर्माणमा समस्या झेलिरहेका भूकम्प पीडितका लागि यो ग्रामीण कृषि सडकले ठूलो सहयोग पुर्याउँछ, प्रदेशसभा सदस्य विशाल खड्काले भने, यहाँको बालुवा–गिट्टीले गौरिशंकर गाउँपालिका र बैत्यश्वर गाउँपालिकामा भवन निर्माणका लागि ठूलो सहयोग मिल्नेछ ।” 

बैतेश्वर गाउँपालिका–७ ले प्रतिघनमिटर रु १४५ कर लिई बालुवा–गिट्टी–रोडा झिक्न दिने समेत वडाध्यक्ष रिमालले बताए । यो ग्रामिण कृषि सडक भीमेश्वर नगरपालिका–२ सँग जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस