स्कूलको कक्षाकोठामा शिक्षकले  ‘बलात्कारको डेमो’ देखाएपछि...

एजेन्सी

शनिबार, १८ साउन २०७६, १५ : ५२
स्कूलको कक्षाकोठामा शिक्षकले  ‘बलात्कारको डेमो’ देखाएपछि...

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको एक सरकारी स्कूलमा शिक्षकले बलात्कारको डेमो देखाएको भन्दै विवाद उत्पन्न भएको छ ।

पश्चिम गोदावरी जिल्लाको चिन्तलपुडीमा भएको भनिएको घटनामा शिक्षकले कक्षाकोठामै बलात्कारको डेमो देखाएको आरोप लगाइएको छ ।

भारतीय सञ्चारमाध्यम नवभारत टाईम्समा प्रकाशित समाचार अनुसार घटना सार्वजनिक भएपछि अभिभावकले शिक्षकमाथि कुटपिट समेत गरेका छन् । जिल्ला शिक्षा अधिकारी सीवी रेणुकाले घटनाबारे छानबिन भइरहेको बताइन् ।

घटनापछि मन्डल शिक्षा अधिकारीले जिल्लामा बुझाएको रिपोर्टमा भने बलात्कारको डेमो देखाएको घटना नभएको उल्लेख गरिएको छ तर अब शिक्षा अधिकारी नै स्कूलमा गएर अध्ययन गर्दैछिन् । घटना भएको भन्दै अभिभावकले भने शिक्षकमाथि कुटपिट गरेका छन् ।

मन्डल शिक्षा अधिकारीको रिपोर्टमा लेखिएको छ, ‘कक्षाका ३ विद्यार्थीबीच झगडा भएको थियो, जसमा २ छात्र र १ छात्रा थिए ।’

घटनाबारे कतै उजुरी समेत दर्ता नभएको समाचारमा उल्लेख गरिएको छ । बलात्कारको डेमो देखाउँदा छात्रालाई प्रयोग गरिएको प्रमाण समेत नभेटिएको जनाइएको छ । स्थानीय प्रहरी कार्यालय वा शिक्षा अधिकारीलाई शिक्षकविरुद्ध कुनै उजुरी गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस