चितवन । गैंडाकोट नगरपालिकामा सडक छेउछाउका पोलमा टाँगिएका फ्लेक्स हटाउने अभियान सुरु गरिएको छ । शनिबार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफै उपस्थित भएर पोलमा टागिँएका फ्लेक्स लगाएतका सामाग्री हटाएका छन् ।
प्रमुख छत्रराज पौडेलले गैंडाकोटलाई सफा र सुन्दर सहरका रुपमा विकास गर्ने आफ्नो योजनाअनुसार यो अभियान सुरु गरिएको बताए । यस अभियानलाई निरन्तरता दिइने नगर प्रमुख पौडेलको भनाइ छ । पोलमा टाँगिएका अव्यस्थित फ्लेक्सले नगरको सुन्दरता कुरुप बनाएकाले फ्लेक्सहरु हटाइएको उनले बताए ।
नगरपालिकासँग समन्वय नै नगरी फ्लेक्स राख्ने र हटाउनेतर्फ कसैले ध्यान नदिँदा त्यसले नगर कुरुप बनाएको प्रमुख पौडेलको भनाइ छ । पौडेलले नगरपालिकाको समन्वय विना फेरि फ्लेक्स राखे कारवाही गर्ने चेतावनी दिए ।
कार्यक्रमका संयोजक गणेश सापकोटाले सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान को १६ औं श्रृङखला अन्र्तगत आज वृक्षारोपण र फ्लेक्स हटाउने काम गरिएकोे बताए । फ्लेक्स हटाउने कार्य एवं वृक्षारोपणमा गैंडाकोट नगरपालिकाका प्रमुख पौडेलसँगै उपप्रमुख विष्णुकुमारी कंडेल र गैंडाकोटका सरसफाई तथा हरियाली अभियानका अभियान्ताहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ साउन २०७६, १३ : ०५
लेखकबाट थप