थुनाबाट छुटाइदिन्छु भन्दै ठगी गर्ने प्रहरीको फन्दामा

रासस

शुक्रबार, १७ साउन २०७६, २१ : २८
थुनाबाट छुटाइदिन्छु भन्दै ठगी गर्ने प्रहरीको फन्दामा

काठमाडौँ । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गरेकोसमेत खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरुप रु एक लाख लिएको पाईएको बोगटीले जानकारी दिनुभयो । वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीमा आइपुगेको हो । काठमाडौँको कलङ्कीबाट उनलाई आज पक्राउ गरिएको प्रहरीले हो । ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए । 

जावेद भारतीय नागरिक हुन् । उनीहरु अनलाईनमार्फत रु ५० लाख विगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस