अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

एजेन्सी

बुधबार, १५ साउन २०७६, १८ : २४
अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

वासिङटन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । 

त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पु¥याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुई जना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरुको सोही पसलमै निधन भएको जनाइएको छ । 

साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंसक व्यक्तिहरुबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गर्नुभएको छ । 

त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उहाँले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।  (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस