राजेश हमाल नेपाली सिनेमाका अमिताभ बच्चन भएको भारतीय मिडिया आजतकको भनाइ

एजेन्सी

मंगलबार, १४ साउन २०७६, १७ : ५६
राजेश हमाल नेपाली सिनेमाका अमिताभ बच्चन भएको भारतीय मिडिया आजतकको भनाइ

एजेन्सी । भारतीय संचार माध्यम आजतकले राजेश हमाललाई नेपाली सिनेमाका अमिताभ बच्चनको संज्ञा दिएको छ ।

सोमबार प्रकाशित एक समाचारमा आजतकले लेखेको छ, ‘५५ वर्षको उमेरमा राजेशको चर्चा नेपालमा त्यस्तै छ जस्तो भारतमा अमिताभ र शाहरुखजस्ता सेलिब्रिटीको  छ ।’

नेपालका महानायकबारे केही रोचक तथ्यबारे जानकारी लिऔं भन्दै आजतकले उक्त समाचार प्रकाशित गरेको हो ।

उक्त समाचारमा राजेशले अभिनयमा आउनका लागि परिवारको निकै विरोध सहनु परेको पनि बताइएको छ । यसमा उनीद्वारा अभिनित फिल्मबारे पनि जानकारी दिइएको छ । साथै, यसमा राजेशले पिताको अन्तिम संस्कारमा कपाल नकाट्नुलाई उनको कपाल प्रतिको मोहको संज्ञा दिएको छ ।

उनी ‘को बन्छ करोडपती’ का उद्घोषक हुन् भनेर पनि त्यसमा जानकारी दिइएको छ । यसमा राजेशकी श्रीमतीबारे पनि जानकारी दिइँदै भनिएको छ, ‘राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराइसँग विवाह गरेका छन् ।’ यी दुईको लभस्टोरीलाई निकै रोचक पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस