विजनेश भवन सरकारी मापदण्डबमोजिम

सोमबार, १५ माघ २०७४, १७ : २४
विजनेश भवन सरकारी मापदण्डबमोजिम

फाइल तस्बिर

काठमाडौँ । न्यूरोडस्थित भूगोलपार्कमा निर्माणाधीन महर्जन विजनेश एशोसिएट्सले सरकारकै मापदण्डमा सम्पदामैत्री भवन निर्माण भइरहेको बताइएको छ ।

एशोसिएट्सबाट मापदण्ड विपरीत निर्माण भइरहेको जनगुनासो बढेपछि कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले शहरी विकास मन्त्रालय र महानगरपालिका, पुरातत्व विभागको स्वीकृति बमोजिम नै भवन बनाइएको बताउनुभयो ।

एशोसिएट्सले मापदण्ड विपरीत कार्य गरेको भन्दै स्थानीय र केहीले अवरोध गरिरहेका बेला कम्प्लेक्सका सञ्चालक महर्जनले मापदण्डअनुसार नै निर्माण गरेको दाबी गर्नुभएको हो ।

“हामीले २०७२ फागुनमा काठमाडौँ महानगरपालिका–२५ हालको २४ वडामा रहेको पुरानो होटल क्रिष्टल रहेको घरजग्गा खरिद गरी २०७३ असोजमा कामनपाबाट चार तल्लाको भवनको नक्शा पास गरी नयाँ सम्पदामैत्री भवन बनाउने प्रक्रिया शुरु गरेका हौँ” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो– “तर, केहीले विश्वसम्पदा सूचीको हनुमानढोका दरबार छेउमा मापदण्डविपरीत बनेको व्यावसायिक भवन भनी विभिन्न बाहनामा भवन निर्माणमा अवरोध गर्दै आएका छन् ।”

महर्जनले पुरानो आठ तल्लाको अग्लो होटल क्रिस्टल भत्काएर आफूहरुले चार तले व्यापारिक एशोसिएट्स भवन निर्माण गरेको पनि जानकारी गराउनुभयो ।
रु दुई अर्बमा निर्माणाधीन विजनेश भवनमा ६० वटा पसलसहित एक हजार बढीलाई रोजगारी दिने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस