जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

एजेन्सी

आइतबार, १२ साउन २०७६, १७ : ४३
जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो ।  जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । 

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।  

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा  नरहेको सम्भावना स्पष्ट गरेको छ ।   (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस