एनएमबी बैंकको ३५ वर्षे घरकर्जा योजना

मंगलबार, १४ कार्तिक २०७४, २० : ५२
एनएमबी बैंकको ३५ वर्षे घरकर्जा योजना

काठमाडौं । एनएमबी बैंकले घर बनाउन अथवा नयाँ घरजग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधिको आर्कषक घरकर्जा योजना ल्याएको छ ।


यस घरकर्जाको मुख्य बिशषता भनेकै निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने रहेको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकले विश्वास लिएको छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस