कतारमा नयाँ शक्तिको भेला

सोमबार, १५ माघ २०७४, १२ : ५०
कतारमा नयाँ शक्तिको भेला

काठमाडौं । नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको विशेष सचिवालय भेला सम्पन्न भएको छ ।

गत शुक्रबार सम्पन्न वैठकमा कतार अधिवेसन आयोजक समितिका संयोजक देव परियार, नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य वीरेन्द्र महतो सल्लाहाकारहरु सिसि सुबेदी, दुर्गा सुनार, शिवराज भट्टराईलगायत सहभागी थिए ।

भेलाले भर्खरै सम्पन्न नेपालको आशन्न प्रतिनिधी सभा र प्रदेश सभा चुनावको समिक्षा गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज कतारको भावी रणनीति र कार्ययोजनाको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा संयोजक परियारले नयाँ शक्ति नेपालको वस्तुस्थिति तथा पौषमा कास्कीको ल्वाङमा सम्पन्न नयाँ शक्तिको भेलाले गरेका निर्णयहरुका बारेमा जानकारी गराउदै देशमा भइरहेको राजनीतिक खिचातानीका कारण देशमा नेपाललाइ समृद्धितर्फ लैजान बैकल्पिक शक्तिको खाँचो अझ बढेको बताए ।

भेलाले ५१ जनाको केन्द्रीय कमिटी र २१ जनाको सचिवालय गठन गर्नुका साथै आगामी अधिवेशन सम्पन्न नहुँदासम्म अन्तर्राष्ट्रिय नेपाली समाज कतारको पूर्ण संगठन निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस