प्रदेशिक संरचानामा सकृय पत्रकारको खाँचो

सोमबार, १५ माघ २०७४, १२ : ४३
प्रदेशिक संरचानामा सकृय पत्रकारको खाँचो

चितवन । नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य नारायण दाहालले देश नयाँ मोडलमा गईरहेको अवस्थामा पत्रकारको भुमिका महत्वपुर्ण रहने बताउनुभएको छ । नयाँ व्यवस्था ,परिस्थितिलाई जनता समक्ष ख्याल गरेर जनतासम्म पुर्याउन नसकेके संघियता प्रति जनताको भ्रम सिर्जना हुने भएकाले तथ्य परक समचार सम्प्रेशण गर्न पत्रकारहरुलाई जोड दिनुभयो । 

प्रेस सेन्टर नेपाल चितवन शाखाको १४ औ स्थापना दिवसको अवसरमा आयोजित प्रदेशिक संरचनामा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले  कुनै पनि बिषयको विश्लेषण गर्दा नयाँ व्यावस्थालाई तथ्यहरुलाई मात्र सु शुचित गर्नु पर्ने अहिलेको सन्र्दभमा अलि बढी अनुसन्धान ,विषलेश्ण गर्ने विषयमा मिहिनेत गर्नु पर्ने ,प्रयत्न गर्नु पर्ने औल्याउनुभयो । “संघियतामा जादैगर्दा राजनैतिक दलहरु पनि अन्नयोलमा छन्”, उहाँले भन्नुभयो, “अनुभव छैन, संघियताले नेपालकै मैलिकतामा अनुसार विकास गर्न खोजि रहेका छौ ।”
उहाँले अन्तरविरोधलाई मिलाएर लान सके संघियताको सन्दर्भ गति ,सुदृढ र स्तायित्व दिन सकिने बताउनुभयो । “अन्तर सम्बन्ध राम्रो बन्न सकेन भने गडबढी हुन सक्छ । कानुनहरु बनि नसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “ कानुन कार्यन्यवन नभईसकेको अवस्थामा पत्रकारले देशको समृद्धि , एकताको पक्षमा कलम चलाउनु पर्छ ।”

दाहालले संविधानमा प्रेस स्वतन्त्रताको विषयमा व्यख्या गर्दा सन्दर्भ अपुग्ता ,अभाव भएको हुन सक्ने बताउनुभयो । त्यसतै माओवादी केन्द्रका स्थायी समिति सदस्य सुर्य सुबेदिले संविधानको परिकल्पना गरेसगै त्यसको बाटोमा हिड्दै गरेकाले केहि अप्ठारो अवस्था आएको बताउनुभयो । अन्तरविरोधहरुलाई हल गर्दै देशलाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । अधिकारको बाडफाडलाई छलफल गर्दै समृद्धिको बाटोमा जानुपर्छ । “पत्रकारहरुले समृद्धिको पक्षमा समचार लेख्नुपर्नेमा जोड दिनुभयो । विकृति विसंगतीलाई उजाजर गर्दै जानुपर्छ । पत्रकारीताको शैलीलाई पनि परिवर्तन गर्नु पर्ने देखिएको छ ।”

प्रेस स्वतन्त्रतामा अंकुश लाग्यो
पत्रकारका अगुवाले नयाँ संविधानले प्रेस स्वतन्त्रता माथि अंकुश लगाएको बताएका छन् । देश संघियतामा गए सगै संविधानले पत्रकारीताको दायरालाई घटाएको प्रति चिन्ता व्यक्त गरेका छन् । कानुनले व्यवस्था गरे अनुसार समचार सम्प्रेशण गर्न असहता हुने विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारले प्रदेश र स्थानिय तहमा पावर सेयरिङको विषयमा समस्या देखिने संकेत देखिएको छ । यस्तो अवस्था नआउन दिन पत्रकारले सन्तुलित र संयामित भएर समचार सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसतै प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले स्थानिय तहमा हुने विकास निमार्णका कार्यको समचार सम्प्रेशण गर्नु पर्ने बताउनुभयो । स्थानिय निकायमा भएका कमी कमजोर औल्याई दिने , सुझाव दिने सके प्रेसको भुमिका अझै मजबुद भएर जाने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासघंका केन्द्रीय सदस्य कृष्ण गिरिले एउटा पत्रकारका समचार ,विचार र लेखले देशलाई परिवर्तन गर्ने खालको समचार प्रेशण गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । मार्ग निर्देश र निगरानी गर्ने खालका समचार लेख्न सके पत्रकारितालाई व्यवसायीकता तर्फ लान सक्नेमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासघं चितवनका अध्यक्ष राधेश्याम खतिवडाले देश संघियतामा गएसगै संविधानले पत्रकारीतालाई अंकुश लगाएको गुनासो गर्नुभयो । समचार संप्रेशण गर्दा धेरै संयाममिता अपनाउनुपर्ने अवस्था आएकाले निर्वाद रुपमा कलम चलाउन नसकिएको बताउनुभयो । कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी , प्रेस युनियनका केन्द्रिय अध्यक्ष सिर्जना आर्याल , पत्रकार महासघं चितवनका पुर्व अध्यक्ष जनक आर्याल , प्रेस चौतारीका जिल्ला अध्यक्ष तिर्थ नेपाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस