हामी जसरी पनि देशलाई आर्थिक समृद्धितिर लैजान्छौँ : प्रचण्ड

सोमबार, १५ माघ २०७४, १० : ४८
हामी जसरी पनि देशलाई आर्थिक समृद्धितिर लैजान्छौँ : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी पनि देशलाई आर्थिक समृद्धितिर लैजाने बताएका छन । 'हिजो बन्दुकको आवश्यक्ता थियो तर आज कलमको आवश्यक्ता छ ।’ यसलाई जसरी हुन्छ राम्रो र प्रभावकारी बनाउनु पर्ने अध्यक्ष प्रचण्डले बताए ।

सोमबार विहान तिनकुने स्थित प्रेस सेन्टरको चौधौँ स्थापना दिवस तथा महिला दिवसको भेला प्रशिक्षण कार्यक्रममा बोल्दै  पूर्व प्रधानमन्त्री  प्रचण्डले देशमा परिवर्तन नचाहनेहरुले अस्थिरता चाहिरहेको बताउँदै कम्युनिष्टहरुले उनीहरुको चाहना पूरा हुन नदिने बताए ।

अध्यक्ष प्रचण्डले जनताले देशमा कम्युनिष्टहरु एकताबद्ध हुन जनमत दिइसकेकाले यसलाई पुरा गरेरै छाड्ने बताए । ‘अब कम्युनिस्टहरुको एकतालाई कसैले रोक्न सक्दैन,’ उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस