कामना सेवा विकास बैंकको शाखा गैंडाकोटमा

शनिबार, ०४ साउन २०७६, १२ : ०२
कामना सेवा विकास बैंकको शाखा गैंडाकोटमा

गैंडाकोट । कामना सेवा विकास बैंकको ९६ औं शाखा गैंडाकोटमा स्थापना भई कारोबार सुरू भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका-१३ स्थित बेल्डिहामा शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरि कारोबार सुरू गरिएको हो ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी रहेका मेयर पौडेलले उक्त स्थानमा हालसम्म कुनै पनि बैंकको शाखा नरहेको हुँदा कामना सेवाको शाखा विस्तारले स्थानीय सर्वसाधारण लाभान्वित हुने विश्वास प्रकट गरे ।

स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बैंकको नारायणगढ क्षेत्रका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले गरेका थिए ।

त्यस्तै कामना सेवा विकास बैंकको ९५ औं शाखा शुक्रबार नै म्याग्दीको बेनीमा स्थापना भई कारोबार शुभारम्भसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस