१४ किलो चाँदीसहित २ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०८१, १३ : ४३
१४ किलो चाँदीसहित २ जना पक्राउ

काठमाडौँ । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका-८ का २७ वर्षीय सुरेश महतो छन् ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले बरामद गरेको छ । पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका उनीहरूलाई प्रहरीले अमलेखगन्जबाट पक्राउ गरेको हो । सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस