३ बर्ष कैद ५ करोड जरिवाना तोकिएका अपराधि पक्राउ

आइतबार, १४ माघ २०७४, १९ : ५८
३ बर्ष कैद ५ करोड जरिवाना तोकिएका अपराधि पक्राउ

पुनराबेदन अदालत पाटनले ३ वर्ष कैद र ५ करोड ७५ लाख रुपैंया जतिवाना तोकेको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं जिल्ला साबिक गागलछेदि गाउँ बिकास समिति वडा नम्बर ५ घर भएका ३४ बषिय बिमल खड्का रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनु भयो । ढकालका अनुसार खड्कालाई नेपाल राष्ट्रबैंकको जायरीले बैंकिङ् कसुरको मुद्धामा २०७१ साल असोज १ गते पुनराबेदन अदालत पाटनले ३ वर्ष कैद र ५ करोड ७५ लाख रुपैंया जरीवाना तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका खड्काले प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङ्बाट पक्राउ गरि आज जिल्ला अदालत चितवनमा बुझाएको छ । केन्द्रिय अनुसन्धान व्यरो र जिल्ला प्रहरी कार्यालय चितवनको टोलिले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई पाटन अदालतबाट जिल्ला अदालत चितवनमा कागजपत्र पठाई जिल्ला कारागार पठाईएको ढकालले जानकारी दिनु भयो ।  

जिल्ला प्रहरी कार्यालय चितवनलको फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत खड्कालाई पक्राउ गरिएको ढकालले जानकारी दिनु भयो । केहि दिन अघि मात्रै काठमाडौंका व्यवसायी सरद गौचनको हत्यामा संलङ्न लाई समेत पक्राउ गरि काठमाडौ पठाईएको थियो । यस बाहेक अन्य बिभिन्न अपराधमा संलङ्न १५ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि सम्बन्धित जिल्लामा पठाएको थियो । यसै गरि जिल्ला अदालत फैसला कार्यान्वयन ईकाई चितवनले ९२ जनालाई नियन्त्रणमा लिई अदालतको फैसला कार्यान्वयन गराएको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा उनिहरुलाई पक्राउ गरिएको हो । अदालतका तहशिलदार धनी प्रसाद चपाईका अनुसार पक्राउ पर्नेमा ७ जना कैद भूक्तान गर्नु पर्ने व्याक्ति रहेका छन् । अन्य जरिवाना अशुल गर्नु पर्ने रहेको उहाँले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरुबाट २८ लाख ९८ हजार ५ सय ३९ रुपैंया ७० पौसा जरिवाना अशुल गरिएको छ भने २ सय १२ वर्ष ७ महिना २० दिन कैद भूक्तान गराईएको उहाँले बताउनु भयो । जिल्लामा ४ हजार १ सय ६५ जनालाई फैसला कार्यान्वयनका लागि नियन्त्रर्णमा लिनु पर्ने रहेको चपाईले जानकारी दिनु भयो । जसमध्ये जरिवाना लागेका २ हजार ७ सय ९० जना, कैद तोकिएका ४ सय ५७ जना र कैद तथा जरीवाना दुबै लागेका ९ सय १८ जना रहेका छन् । उनिहरुबाट २०३५ वर्ष ८ महिना कैद भूक्तान गराउनु पर्ने छ भने १३ करोड २१ लाख ५ सय ७१ रुपैंया ६० पैंसा अशुलि गर्न बाँकि रहेको छ ।

अदालतले फैसला गरेका मुद्धाहरुको कार्यान्वयनका लागि बनाईएको यस ईकाईले बिभिन्न अपराधिक कृयाकलापमा संलङ्न भई फरार रहेका व्याक्तिहरुलाई पक्राउ गरि अदालतमा बुझाउने काम गर्दछ । जहाँ अदालतका एक जना कर्मचारी र तीन जना प्रहरीलाई खटाईएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस