काँग्रेस नेता खड्कालाई मातृशोक

आइतबार, १४ माघ २०७४, १३ : ५२
काँग्रेस नेता खड्कालाई मातृशोक

काठमाडौँ ।  नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । नेता खड्काकी माता मायादेवीको गए राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ स्थित आफ्नै निवासमा ९४ वर्षका उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत स्व खड्काको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

श्रीमती खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । स्व खड्काका चार छोरा र ६ जना छोरी रहेका छन्  ।  (रासस)

प्रतिक्रिया दिनुहोस