दाउन्नेदेवीमा ६० हजार बिरुवा रोपिने

शुक्रबार, २० असार २०७६, २० : ४४
दाउन्नेदेवीमा ६० हजार बिरुवा रोपिने

नारायण शर्मा
नवलपरासी । दाउन्नेदेवी सामुदायिक बन क्षेत्रमा नेपाली सेनाको बन तथा पर्यावरण सुरक्षा निर्देशनालायले ६० हजार बृक्षारोपण शुरु गरेको छ । 
राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम अन्गर्तत नेपाली सेनाको आयोजनामा बर्दघाट स्थित दाउन्ने देवी सामुदायिक बन उपभोक्ता समतिको खाली क्षेत्रमा ६० हजार बिरुवा रोप्न शुक्रवार शुरु गरिएको हो  ।
निर्देशनालय प्रमुख संजय सिंह भण्डारी र स्थानियले संयुक्त रुपमाविरुवा रोपेका हुन । आगामि २ साताभित्र  ६० हजार विरुवा रोपण गर्ने उदेश्यका साथकाम शुरु गरिएको हो । 
वर्दघाट नगरपालिका वार्ड नम्बर १६ स्थित दाउन्ने देवी सामुदायिक बन उपभोक्ता समितीको बन क्षेत्रका केरावारी, चारखोल, कुकुरमारा, सुवेदारडाडा हुदै खजुराहाखोलातिर सम्मको भागकरिब ७० हेक्टेयर क्षेत्रफलमा वृक्षारोपण थालनि गरिएको हो । बृक्षारोपण गरिएको क्षेत्रको संरक्षणको जिम्मालिन सेनाको अस्थायि बेसक्याम नै त्यहा राखिएको रथि भण्डारीले जानकारी दिए ।
उनले सप्तरी , सिराह , नवलपरासी र दांगमा सेनाले बृहत बृक्षारोपणको काम अघि बढाएर संरक्षण गर्दै आएको जानकारी दिए । बिरुवा रोपिएको स्थानमा तारबार गरेर त्यही बस्नेगरि सेनाको अस्थायि बेस क्याम टोलि खटाइएको छ । 
बृहद बृक्षारोपण अन्तर्गत रोपिने विरुवाहरुमाचिक, सिसौ, शिमल, खयर, अमला, बकाईनो,कोईरालो लगाएतका प्रजातिका विरुवाहरु रोपणगरिएको छ । शुक्रवार विहान देखी वृक्षारोपण कार्यक्रम शुरु गरि बाकी रहेको बृक्षारोपणको काम स्थानियदाउन्ने बेस क्याम्पका सैनिक जवानहरु स्थानियको सकृयतामा सम्पन्न गरिने बताईएको छ । 
नेपाली सेनाको बनतथापर्यावरण संरक्षण निर्देशनालयले देशका विभिन्न स्थानमा नांगा डांडा र चौर हराभरा बनाउन बृक्षारोपण गर्दै आएको छ । त्यहाको खाली चौर र नांगो डांडामा यसअघि पनि सेनाले बृक्षारोपण गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस