भ्याटमा कानून व्यवसायीको सहमति

बुधबार, १८ असार २०७६, १९ : ०८
भ्याटमा कानून व्यवसायीको सहमति

काठमाडौँ । आर्थिक विधेयक २०७६ अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी व्यवस्थापन कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ ।

अर्थमन्त्रालयका अनुसार कानूनी परामर्श सेवा सम्बन्धमा संयुक्त कार्यदलमा नेपाल एशोसिएशनका प्रतिनिधिको उपस्थितिमा परामर्श भइरहेको र बारबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिई कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस