क्वीन्सल्यान्ड राज्य समन्वय समितीको सहसंयोजकमा चितवनका दवाडीलाई किन दिने भोट ? हेरौ उनका एजेण्डा

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १२ : ३०
क्वीन्सल्यान्ड राज्य समन्वय समितीको सहसंयोजकमा चितवनका दवाडीलाई किन दिने भोट ? हेरौ उनका एजेण्डा

चितवन । एनआरएनए अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समितिको सहसंयोजकमा उम्मेदवारी दिनुभएका चितवनका प्रमोद दवाडीले आफ्नो एजेण्डा सार्वजनिक गर्नुभएको छ ।  

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाईमा हुन गैरहेको निर्वाचनमा क्वीन्सल्यान्ड राज्य समन्वय समितीको सहसंयोजकको पदमा उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।  

भरतपुर ११ गोर्खाली टोल निवासी दवाडीले यसअघि अष्ट्रेलिया र नेपालका विभिन्न सामाजिक संस्थाहरुमा प्रत्यक्ष सहभागी भएर काम गर्नुभएको थियो ।  उहाँले २०१७ र २०१९ मा एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय समितिमा रहेर कार्यसम्पादन  गर्नुभएको छ ।  

संस्थाप्रतिको माया र जिम्मेवारी महसुस गर्दै सामाजिक सोच र भावनाको प्रतिनिधित्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगबाट ६ जुलाई, २०१९ मा हुने निर्वाचनमा उहाँले जित्ने विश्वास गर्नुभएको छ । 

उहाले चुनाबको लागी अघि सारेको एजेन्डाहरु यस्ता छन् :

हामीलाई खुशी लागेको छ, बिगत २ महिना देखी Queensland का बिभिन्न ठाउँमा पुग्यौं, न्यानो मायाँ र सदाचारको भाइचारा पायौं! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछौं! यही भेटघाटका अवसरमा स्थानीय, sate र national level मा coordination गर्ने प्रतिबध्दता जनाउछौं! हामीले जितेमा निम्न कुराहरू गर्ने निर्णय गरेका छौ!

१) Queensland का Regional area मा Brisbane बाट ध्यान नपुगेका हुनाले यसपटक Toowoomba, Rockhampton, Cairns मा संचालन भइरहेका र हुनलागेका नेपाली पाठशालाहरूलाई सहयोग गर्ने निर्णय गरेका छौं!

२) Regional Area मा हुने local सांस्कृतिक कार्यक्रमहरू जस्तै Toowoomba यही August हुने culture program र Cairns को program मा NRNA Queensland को प्रतिनिधित्व गर्ने निर्णय गरेका छाैं!

३) Queensland को garden city, Toowoomba मा यही September मा हुने flower festival मा स्थानीय कमिटी (। Nepalese association of Toowoomba) सगै मिलेर NRNA state committee सहभागी बन्ने !

३) खेलकूदमा सबै Regional area को सहभागीता गराउन, networking र कार्यक्रम राखिनेछ!
४) Brisbane को हकमाअहिले भइरहेका राम्रा कामको निरन्तरता 
क) NAQ सगँको समुन्वय, state government संग समन्ध बिस्तार, culture programme गरिनेछ!
ख) बिध्याथीको समस्या समाधान गर्न बिशेष ध्यान दिइनेछ!

५) state level मा बिज्ञ समूह गठन गरिने छ, जस्तै i) safety Road network सगं सहकार्य, ii) environment, forestry, र agriculture सगँ सम्बन्धित धेरै scientists यस state मा हुनु भएकोले Nepal र Nepali हितमा कसरी टेवा पुर्याउन सकिन्छ, अबको committee ले गर्ने छ !

प्रतिक्रिया दिनुहोस