उपभोक्ता सचेतना गोष्ठी

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, १७ : ४४
उपभोक्ता सचेतना गोष्ठी

चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौँले भरतपुरमा उपभोक्ता सचेतना गोष्ठी गरेको छ । उद्योग वाणिज्य संघ चितवनको संयोजनमा भएको गोष्ठीमा ५० भन्दा बढीको सहभागिता थियो । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाखर रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधान रहेका थिए । कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण मञ्चका शैलेन्द्रकुुमार श्रेष्ठ, भ्रष्टाचारविरुद्ध अभियानका भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य दिएका थिए । 


 

प्रतिक्रिया दिनुहोस