स्वर्गीय प्रकाश दाहालको जन्म दिनमा विशेष कार्यक्रम गरिने

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, ०८ : ४५
स्वर्गीय प्रकाश दाहालको जन्म दिनमा विशेष कार्यक्रम गरिने

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का एक मात्र छोरा स्वर्गीय प्रकाश दाहालको जन्म दिनमा प्रकाश दाहाल प्रतिष्ठानले विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ । प्रकाशको भोलि असार १७ गते ३८ औं जन्मदिवस हो ।

प्रतिष्ठानका अध्यक्ष तथा प्रकाशकी श्रीमती खानेपानी मन्त्री बिना मगरले राष्टिय सभा गृहमा प्रकाशको सम्झनामा जन्म दिन विशेष कार्यक्रम गरी मनाउन लागिएको बताइन् । उनका अनुसार, उक्त कार्यक्रममा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ को कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रम राष्टिय सभा गृहमा बिहान ११:३० बजे शुरु हुने आयोजकले जनाएका छन् । स्वर्गीय दाहाल अध्यक्ष प्रचण्डको स्वकीय सचिव तथा तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस