फेरि बढ्यो सुनको मूल्य, चाँदीको भाउ उही

प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँ

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, १३ : २३
फेरि बढ्यो सुनको मूल्य, चाँदीको भाउ उही

काठमाडौं । बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार बढेर प्रतितोला सुनको मूल्य ६३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस