फिजियोथेरापी संघले टेवल टेनिस प्रतियोगिता गर्ने

बुधबार, १० माघ २०७४, १३ : २५
फिजियोथेरापी संघले टेवल टेनिस प्रतियोगिता गर्ने

काठमाडौं । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ नेपाल फिजियोथेरापी संघले शनिबार सम्पूर्ण फिजियोथेरापिष्ट चिकित्सकहरुका निमित्त सातदोवाटोस्थित नेपाल खेलकुद परिषदको हलमा टेवल टेनिस प्रतियोगिता आयोजना गरेको छ ।

५० भन्दा वढि फिजियोथेरापिष्टले भाग लिने यस प्रतियोगितामा टेवल टेनिशको चार बिदामा खेल हुँदैछ । पुरुष एकल, महिला एकल, पुरुष डवल र महिला डवल खेल हुनेछ । यस खेलका प्रमुख प्रायोजक फिजियो फिट भन्ने कम्पनी रहेको छ भने दोस्रो वरियातको प्रायोजक वि एण्ड वि कम्पनी तथा तेस्रो प्रायोजक मेडिटेक नेपाल रहेको छ ।

“प्रथम फिजियो फिट अन्तर फिजियोथेरापिष्ट टेवल टेनिस प्रतियोगिता” नाम रहेको यस खेलमा विजय खेलाडीहरुलाई ट्रफी तथा नगद पुरष्कारको व्यवस्था रहेको छ  ।

सवैलाई स्वस्थ र निरोगी रहन व्यायाम तथा शारिरीक क्रियाकलाप अत्यन्तै महत्वपुर्ण भएकोले यस खेलले सम्पूर्ण जनमानसमा शारिरीक क्रियाकलापमा केहि समय दिनहु बिताउनुपर्ने सन्देश दिन खोजेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस