साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

शनिबार, २५ जेठ २०७६, १५ : ५०
साताको शेयर बजार : दुई अर्ब ७५ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । 

कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो । 

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झ¥यो । 

स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । 

यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झ¥यो ।एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झ¥यो । सो दिन  कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । 

यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन  मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो । 

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो । 

बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सो दिन  नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झ¥यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए ।  (रासस) 

प्रतिक्रिया दिनुहोस