रंगशाला निर्माणका लागि बजेट निकासा रोकिदैंनः मुख्यमन्त्री लामा

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०८१, २० : ०३
रंगशाला निर्माणका लागि बजेट निकासा रोकिदैंनः मुख्यमन्त्री लामा

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामा तामाङ्ले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने बताएका छन्। रंगशालाको आज यहाँ निरिक्षण अनुगमन पछि सञ्चार कर्मीहरुसंग प्रतिकृया दिदैं उनले रंगशाला निर्माणको काम तिब्र गतिमा भइरहेकाले वजेट निकासाका लागि कुनै समस्या नहुने बताए ।

प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रंगशाला निर्माण सुरु गरिएको भन्दै उनले हरेक वर्ष रंगशालालाई प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्ने बताए । बहुबर्षिय योजनाहरुलाई उच्च प्रथामिकतामा राखेर आबश्यक वजेट बिनियोजन गरीने उनको भनाई थियो । उनले  भने, “हाम्रो चलन के छ भने बहुबर्षिय योजना बनाउने सुरुवातमा केही वजेट दिने अर्को बर्ष थोरै थोरै बजेट बिनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी ३ वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट बिनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने बिधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए ।

पहिलेको तुलनमा काम प्रभावकारी रुपमा भएको उनको भनाई थियो । नेपालका योजनाहरु अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले बताए ।

अनुगमनका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको वताइन्। यो नमुना परियोजनाको रुपमा काम भईरहेको उनले बताइन्। कामको बातावरण निर्माण गर्न महानगरपालिकाले केही कसुर बाँकी नराख्ने उनको भनाई थियो ।

गत असार २३ गते रंगशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रकृया अघि वढेको हो । महानगरपालिकाका डिभिजन इन्जीनियर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिन्चोक बिबिआर जेभि बिच दुई पक्षिय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षिय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौता पछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उहाँले बताउनुभयो । एउटा टावरमा ग्राउण्ड निर्माणको काम भईरहेको छ भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भईरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उनले बताए ।

रंगशाला निरिक्षणमा बागमती प्रदेश सभा सदस्य गिता गुरुङ्, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस