सौराहामा दुई दिनसम्म क्लासिक मेट्रेसको भेटघाट कार्यक्रम

आइतबार, १९ जेठ २०७६, १७ : १७
सौराहामा दुई दिनसम्म क्लासिक मेट्रेसको भेटघाट कार्यक्रम

चितवन । स्वदेशी उत्पादन क्लासिक मेट्रेसले शुक्रबार र शनिबार सौराहामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । क्लासिकले शुक्रबार डिलर्स र डिष्ट्रिब्युटर्स एवं शनिबार सौराहाका होटल व्यवसायीसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
भेटघाट कार्यक्रम उत्साहजनक रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले बताउनु भयो । उहाँले फाइबरलाई तताएर उच्च तापक्रममा निर्माण गरिएकोले क्लासिक मेट्रेस बलियो रहेको दाबी गर्नुभयो । क्लासिकको कर्पोरेट कार्यालय काठमाडौंमा र कारखाना बाराको सिमरामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस