उपराष्ट्रपति पुन अष्ट्रियाबाट आज स्वदेश फर्कदै

सफल खबर संवाददाता

शनिबार, १८ जेठ २०७६, ०९ : २१
उपराष्ट्रपति पुन अष्ट्रियाबाट आज स्वदेश फर्कदै

काठमाडौं । अष्टिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन आज स्वदेश फर्कदै छन् ।  एक हप्ता लामो अष्ट्रियाको भ्रमण सकेर उनी आज दिउँसो सवा तीन बजे स्वदेश फर्कन लागेका छन् ।
उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलबायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए ।
अष्टिया रहदा पुनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस