स्वदेश फर्किए प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १९ : ३८
स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई प्रधानमन्त्री शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

ओली बिहीबार बिहान मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए । मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

या पनि पढ्नुहोस्,

भारतीय विदेशमन्त्री जयशंकरबाट नेपालले कस्तो अपेक्षा गर्ने ?

प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई यस्तो उपहार

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दिल्ली पुगेर प्रधानमन्त्री ओलीले भने– एक वर्ष होइन, अब चारपाँच दिन बाँकी

बिहानको नास्ता खाँदै भेट्दैछन् ओली–मोदी

प्रधानमन्त्री ओली दिल्लीतिर, भोलि फर्कने

प्रतिक्रिया दिनुहोस