प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई यस्तो उपहार

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १६ : १०
प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई यस्तो उपहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएक छन् । 

शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतमा नवनिर्वाचित प्रधानन्त्री मोदीबीच भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको मालासहित पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथ मन्दिरको तस्विर र नेपालको पहिचान खुल्ने चाँदीको मुद्रासमेत उपहार दिएका छन् । 
   
दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा ओली र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ । 
पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान् शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन हुनुभएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस