बिहानको नास्ता खाँदै भेट्दैछन् ओली–मोदी

आजै स्वदेश फर्किने कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, ०८ : ०६
बिहानको नास्ता खाँदै भेट्दैछन् ओली–मोदी

फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटबार्ता हुँदैछ । दोश्रो कार्यकालका लागि मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहिवार नयाँ दिल्ली उडेका प्रधानमन्त्री ओलीले आज मोदीसँग शिखर बार्ता गर्न लागेका हुन् ।

बिहिवार साझ राष्टपति निवासमा भएको मोदीको सपथ ग्रहण समारोहमा सहभागी प्रधानमन्त्री ओलीले सपथ ग्रहण सँगै भारतीय राष्टपति रामनाथ कोविन्द र त्यही समारोहमा सहभागी बिमस्टेक राष्टका सरकार तथा राष्टप्रमुखसँग संक्षिप्त भेट गरेका थिए । त्यसपछि उनी राष्टपति कार्यलयमै आयोजित रात्री भोजमा सरिक भएका थिए ।

आजै स्वदेश फर्किने कार्यतालिका सहित नयाँ दिल्ली पुगेका ओलीको अहिले बिहान मोदीसँग भेटवार्ता तय भएको छ । बिहानको नास्ता खानेगरी हैदरावाद हाउसमा दुई नेताले भेटबार्ता गर्न लागेका हुन् । भेटबार्ता करिब आधा घण्टाको हुने बताईएको छ । द्दिपक्षिय मुद्दामा भन्दा पनि यो भेटबार्ता नेपाल भारत सम्बन्धका समग्र आयममा केन्द्रीत रहेर हुने अनुमान लगाईएको छ । परराष्ट स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत यही भेटबार्ताका क्रममा दिने तयारी छ ।

डेढ बर्ष अघि दोश्रोपटक प्रधानमन्त्री भएपछि ओलीको यो दोश्रो भारत भ्रमण हो । ओलीले यस अघि २०७४ चैत २३ मा भारतको औपचारिक भ्रमण गरेका थिए । नेपालमा भएको बिमस्टेक सम्मेलन लगत्तै भारतको पुणेमा सम्पन्न बिमस्टेक राष्टहरुको संयुक्त सैन्य अभ्यासमा अन्तिम समयमा नेपालले् सहभागिता नजनाएपछि मोदी र ओलीका बीचमा पून सम्बन्धमा दरार आएको अनुमान लगाईदै गर्दा हुने भेटवार्ताले सम्बन्धमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

मोदीसँगको भेट पछि प्रधानमन्त्री ओली आजै नेपाल बायुसेवा निगमको उडानवाट ३ः४० मा स्वदेश फर्किने कार्यक्रम छ । उनीसागै श्रीमति राधिका शाक्य, प्रमुख पररष्ष्ट सल्लाहकार राजन भटटराई, परराष्ट सचिव शंकरदास बैरागी सहितका उच्च अधिकारीहरु नयाँ दिल्लीमा छन् । 

प्रतिक्रिया दिनुहोस