दिल्ली पुगेर प्रधानमन्त्री ओलीले भने– एक वर्ष होइन, अब चारपाँच दिन बाँकी

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १२ : ३३
दिल्ली पुगेर प्रधानमन्त्री ओलीले भने– एक वर्ष होइन, अब चारपाँच दिन बाँकी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा पुरानै भएको बताएका छन् ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र आफूले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति नयाँ नभएको बताएका हुन् ।

अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएकाले यो सहमतिबारे अनावश्यक चर्चा र परिचर्चा आवश्यक नरहेको बताएका हुन् । कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै एक वर्ष हैन ४/५ दिन मात्रै बाँकी छ भन्दै हाँसेर जवाफ फर्काएका थिए।  

नेकपाका अध्यक्ष प्रचण्डले एक टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा दुवै अध्यक्षले आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेका थिए ।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस