ललितपुर भैंसेपाटीमा आगलागी, ठूलो क्षतिको अनुमान

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, ०८ : २८
ललितपुर भैंसेपाटीमा आगलागी, ठूलो क्षतिको अनुमान

फाईल फोटो

ललितपुर । ललितपुर भैसेपाटीमा भीषण आगलागी भएको छ ।  महानगरपालिका वडा नम्बर २५ स्थित प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आज विहान आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्ृतत विवरण आईसकेको छैन । मनविय क्षति नभए पनि भौतिक क्षति ठूलो मात्रामा भएको वताईएको छ । आगलागीको कारण पनि खुलेको छैन । बिहान साढे तीन बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ ।

फ्याक्ट्रीमा केमिकल भएकाले आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण प्रयासका लागि चार ओटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस