वैशाखमा १८८ महिला हिंसाका घटना

मंगलबार, १४ जेठ २०७६, १६ : ०४
वैशाखमा १८८ महिला हिंसाका घटना

काठमाडौँ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका थिए ।

ओरेकले तयार पारेको प्रतिवेदनमा वैशाखमा १०९ घरेलु हिंसा, ४० यौन हिंसा र २४ सामाजिक हिंसाका घटना भएको जनाइएको  हो । त्यस्तै ११ हत्याका घटनाका साथै दुई प्रतिशत अन्य प्रकारका घटना भएका थिए । 

विवरणअनुसार सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु हिंसामा परेका थिए । त्यसपछि १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाका घटना थिए । हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्षका रहेको ओरेकले जनाएको छ । 

महिलाहरु सबैभन्दा बढी घरभित्र र चिनजानेका बाटै असुरक्षित हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानैले जानकारी दिनुभयो ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस