विप्लवका पूर्वी कमाण्ड इन्चार्ज हटाइए

अनिल शर्माको ठाउँमा सन्तोष बुढा मगरले पाए जिम्मेवारी

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०७ : १८
विप्लवका पूर्वी कमाण्ड इन्चार्ज हटाइए

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)का पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा बिरही हटाइएका छन् । उनको स्थानमा जनसरकार प्रमुख समेत रहेका सचिवालय सदस्य सन्तोष वुढा मगर (बिषम) लाई पठाइएको उच्च स्रोतले जनाएको छ ।

शर्मालाई भने नेकपाले पार्टी निकट पत्रिका रातोखवरको जिम्मेवारीमा ल्याएको छ । संगठनमा प्रभावाकारी नेतृत्व गर्नु भन्दा झन कमजोर देखिनु, नेतृत्वको रक्षा गर्न नसक्नु र  शर्मा स्वंमको कार्यकौशल पनि भूगोलको जिम्मेवारी भन्दा विभागिय जिम्मेवारीमा देर्खिएकोले उनलाई पूर्वी कमाण्ड को जिम्मावाट हटाईएको एक नेताले वताए ।

शर्मा चितवन निवासी हुन् । प्रतिवन्धित नेकपाको हाइकमाण्डको हालै वसेको वैठकले शर्मालाई कमाण्ड जिम्मेवारीवाट हटाएर प्रकाशनको जिम्मा दिएको हो । यस अगाडी पार्टी मुखपत्र रातो खवरको प्रकाशनको जिम्मामा रहेका नेता गुणराज लोहनीलाई भने तत्काल कुनै जिम्मेवारी दिईएको छैन ।

उनी अलिक विरामी पनि रहेको कारण जिम्मेवारी दिईनसकेको स्रोतले वतायो ।
पूर्वमा मोरङ, सुनसरी, इलाम लगायत जिल्ला इन्चार्ज प्रक्राउ परेका छन भने कोशी ब्यूरोका संयोजकको पनि गिरफ्तारी भएको छ । शर्माले पूर्वी कमाण्ड सम्हाल्दा त्यस क्षेत्रको पार्टी ब्यूरोमा गुटवन्दी समेत देखिन थालेको र त्यही कारण पनि नेतृत्व हेरफेर गर्नुपरेको पनि स्रोतको जिकिर छ ।

त्यस्तै वैठकले धर्मेन्द्र बास्तोलालाई पश्चिम कमाण्डकै जिम्मामा निरन्तरता दिएको छ । यस अगाडी मध्यकमाण्डको जिम्मेवारी सम्हालिरहेका नेता हेमन्तप्रकाश वली प्रक्राउ पछि पूर्पक्षका लागि जेल चलान भएपछि उनको ठाउमा केन्द्रीय कार्यालयले नै हेर्ने गरी निति विप्लव नेकपाले वनाएको छ ।

‘ब्यक्ति नै तोकेर मध्यकमाण्डको जिम्मा दिईएको छैन । केन्द्रीय कार्यालयले हेर्ने भन्ने वनेको छ । कार्यलयका तर्फवाट फोकल प्वइन्टका रुपमा प्रवक्ता प्रकाण्ड (खडक वहादुर विश्वकर्मा) ले हेर्नुहुन्छ’, सफल खवरसँग सम्र्पकमा आएका एक नेताले भने, –‘पार्टीको कमाण्ड संरचनामा केही हेरफेर भएको छ ।’

महासचिव विप्लवले पार्टीमा प्रकाण्ड सँग देखिन थालेको अन्तरविरोध केही हलसम्म हल गर्न खोजेका छन् । त्यही क्रममा प्रकाण्डलाई कार्यलयकै तर्फवाट मध्यकमाण्डको सम्र्पक ब्यीक्तका रुपमा जिम्मा दिईएको हो ।

हेमन्त अगाडी प्रकाण्डले मध्यकमाण्डको इन्चार्जको जिम्मेवारी चाहेका थिए । तर विप्लवले प्रकाण्डलाई नदिई सुर्दशनलाई उक्त जिम्मेवारी दिएका थिए ।

पदम राई प्रकाउ लगत्तै छुटेका थिए
प्रतिवन्धित नेकपाका पोलिटब्यूरो सदस्य थिए पदम राई । तर उनलाई अहिले विप्लवको पार्टीले साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको छ ।

उनी काठमाडैंवाट गत महिना पक्राउ परेका थिए । तर यो खवर उनले पार्टीभित्र गुपचुप राखे । प्रक्राउ लगत्तै गृहमन्त्री रामवहादुर थापाकै निर्दशेनमा उनलाई तत्कालै रिहा गरियो । त्यसवखत राईले गृहमन्त्री थापासँग सम्झौता गरेको खुलेको छ ।

विप्लव र सरकार दुवैलाई यथाअवस्थावाट समस्याको समाधान ननिस्कने, युद्दमै गएपनि विप्लवको पाटीृले जित्न नसक्ने, सरकारमा रहेका र प्रतिवन्धित दुवै कम्युनिष्ट पार्टी नै भएको र कम्युनिष्ट कम्युनष्टि भिडदा जनताका वीचमा नराम्रो सन्देश जाने भएकोले दुवै पक्षलाई वार्तामा वसी समाधान खोज्न उनले त्यसपछि सञ्चारमाध्यमहरुमा टिप्पणी गरेका थिए ।

यो सवै उनको रहस्यमय पक्राउ प्रकरण पछि भएको थियो । उनको प्रक्राउ, त्यसपछिको उनको अभिब्यीक्तलाई लिएर विप्लवको पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको थियो । अहिले उनी पार्टी सम्र्पकमा छैनन् ।

त्यसोत केही साता अगाडी प्रक्राउ पछि छुटेका विप्लवको विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीवि ढकालको प्रक्राउ र रिहाई पनि रहस्यमय भएको नेकपा स्रोतले वतायो । उनका विषयमा पनि पार्टीभित्र उनी कसरी प्रक्राउ परे र कसरी रिहा भए भन्ने वारेमा भित्री अनुसन्धान भईरहेको स्रोतले वतायो । ढकालले ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग कुनै न कुनै सम्झौता गरेर रिहा भएको हुन सक्ने आशंका नेकपा उच्च स्रोतले गरेको छ । 

प्रतिक्रिया दिनुहोस