माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले बादलको नाम अनुमोदन गरेको हो । बादल प्रदेश नं. ३ बाट उम्मेदवार बन्नेछन् ।
एमाले-माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो । तर, बादल एमाले माओवादीको साझा उम्मेदवार भएपछि माओवादीले प्रदेश नं. ३ बाट नुवाकोटकी विमला सुवेदीलाई पनि उठाउने भएको छ ।
माओवादीले प्रदेश १ र २ बाट महिला, ४ बाट दलित तथा ५, ६ र ७ मध्येबाट एक जना अपांगता भएकालाई पठाउने भएको छ । मंगलबार बस्ने शीर्ष नेताको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली टुंग्याउने र सबैको नाम एकै पटक सार्वजनिक गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।
उम्मेदवारको अन्तिम नामावली टुंग्याउने जिम्मा प्रचण्ड, वादल र नारायणकाजी श्रेष्ठलाई दिइएको छ । एमालेले २९ र माओवादीले १४ सिटमा प्रतिस्पर्धा गर्दैछन् ।
एमाले-माओवादीको सिट वाँडफाँड
प्रदेश नम्बर १
एमाले ५
माओवादी १
प्रदेश नम्बर २
एमाले १
माओवादी १
प्रदेश नम्बर ३
एमाले ५
माओवादी १
प्रदेश नम्बर ४
एमाले ४
माओवादी २
प्रदेश नम्बर ५
एमाले ४
माओवादी २
प्रदेश नम्बर ६
एमाले ५
माओवादी ३
प्रदेश नम्बर ७
एमाले ४
माओवादी २
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ माघ २०७४, ०७ : ००
लेखकबाट थप