चितवन । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग विस्तारको कार्य सु्र भएको छ । माडी–रिउ–देवेन्द्रपुर खण्डमा अन्य काम सकिए पनि कालोपत्रेको काम बल्ल सुरु हुन लागेको हो । करिव ११ वर्षअघि कालोपत्रे भएको सडकको कालोपत्रे उक्किसकेको थियो । १५.२ किलोमिटरमा दुई लेनको कालोपत्रे गरिदैछ ।
सडकका लागि चाहिने गिटी बालुवा माडीकै खोलाबाट निकाल्ने गरी ठेक्का सम्झौता भएपनि वातावरणीय प्रभाव मुल्यांकन (इआइए) नगरेकाले चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले उत्खनन्मा रोक लगाउँदै आएपछि कामले गती लिन सकेको थिएन । भरतपुरस्थित डिभिजन सडक कार्यालयले वि.स. २०७३ माघ ५ गते आशिष निर्माण सेवा प्रालिसँग सम्झौता गरेको थियो ।
२० करोड ४२ लाख रुपैयाँ लागतमा बन्न लागेको सडक गत माघमै पुरा भैसक्नुपर्ने भएपनि ढिलाई भएको छ । आशिष निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर इञ्जिनियर रोहित भट्टराईले मगुई खोलाबाट नदीजन्य सामाग्री ल्याएर सडक निर्माणको काम गर्न लागिएको बताउनुभयो । कालोपत्रेको काम माडी प्रवेशद्वार बनकट्टाबाट सुरु हुनेछ । गिट्टी–बालुवा मकवानपुरको मनहरीदेखि ल्याउँदा निकै समस्या हुने गरेको बताउनुभयो । नदीजन्य पदार्थको समस्याले कालोपत्रे काम अलपत्र पर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ जेठ २०७६, २१ : २७
लेखकबाट थप