हात्तीले कुल्चिएर मृत्यु

रासस

सोमबार, ०६ जेठ २०७६, २० : ४६
हात्तीले कुल्चिएर मृत्यु

फाईल फोटो

 

चितवन । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिनुभयो ।

चौधरी लौका खेतीको सुरक्षार्थ खेत जानुभएको थियो । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उहाँको टाउको कुल्चिएपछि तत्कालै मृत्यु भएको हो । चुरे जङ्गलमा रहेका हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष फर्किएका स्थानीयवासीले बताएका छन् । शवपरीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस