रामबालक सिंहको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

सोमबार, ०६ जेठ २०७६, ११ : ४३
रामबालक सिंहको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीका नेता सर्लाही निवासी रामबालक सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । 
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । 

केही समयदेखि पक्षघातबाटपीडित सिंहको आइतबार सर्लाहीको बलरास्थित आफ्नै निवासमा निधन भएको हो । विसं १९८८ मा जन्मनु भएका स्व सिंह विसं २००७ को क्रान्तिदेखि जीवनको उत्तरार्धसम्म निरन्तर काङ्ग्रेसमा सक्रिय हुनुहुन्थ्यो । स्व सिंह नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रियतापूर्वक सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । –रासस

प्रतिक्रिया दिनुहोस