नेकपाबाट मात्रै समृद्धि सम्भवः नेता पौडेल

रासस

शुक्रबार, ०३ जेठ २०७६, २० : ४४
नेकपाबाट मात्रै समृद्धि सम्भवः नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कम्युनिष्ट पार्टीको सरकारबाट मात्रै समृद्धि सम्भव रहेको बताउनुभएको छ । 

छब्बीसौँ मदन–आश्रित स्मृति तथा पार्टी एकता दिवसको अवसरमा नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको स्मृतिसभामा उहाँले वर्तमान सरकार विकास, समृद्धि र सुशासनको बाटोमा अगाडि बढेको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा भएरै छाड्ने उहाँले दाबी गर्नुभयो । विगत एक वर्ष कानून निर्माण र सङ्घीयताको व्यवस्थापनमा बितेको भन्दै अब विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “विकास निर्माणका लागि केही कुराको अवरोध छैन, इच्छाशक्ति भएपुग्छ ।” जनतामाझ गरिएको प्रतिबद्धता बमोजिम विकास निर्माणको काममा सरकार अघि बढेको पौडेलको भनाइ थियो । वामपन्थी आन्दोलनकै कारण नेपालमा राजतन्त्र अन्त्य सम्भव भएको र त्यसमा मदन भण्डारीको समेत योगदान रहेको नेता पौडेलले बताउनुभयो ।  

कार्यक्रममा नेकपाका गण्डकी सह–इञ्चार्ज खगराज अधिकारी, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, आशा कोइरालालगायतले कम्युनिष्ट एकता आवश्यक भएको बताउनुएको थियो । 

जिल्ला सदस्यद्वारा शपथ
नेकपा तनहुँका जिल्ला सदस्यले आज शपथग्रहण गर्नुभएको छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय दमौलीमा आयोजना गरेको कार्यक्रममा १४५ सदस्यीय समितिले सामूहिक रुपमा शपथग्रहण गरेका हुन् । उनीहरुलाई गण्डकी प्रदेश सह–इञ्चार्ज खगराज अधिकारीले शपथ खुवाउनुभएको थियो । सो अवसरमा नेक्रवित्रम चन्द ‘विप्लव’समूहका कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । 

फ्रवेश गर्नेमा चन्द समूह निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य डम्बर विक र अखिल (त्रान्तिकारी) तनहुँ उपाध्यक्ष नवराज विक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस