दुर्घटना न्यूनीकरणका लागि भरतपुरमा वृहत सचेतना र्‍याली

विहीबार, २६ बैशाख २०७६, १४ : १३
दुर्घटना न्यूनीकरणका लागि भरतपुरमा वृहत सचेतना र्‍याली

चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि चितवनमा बिहीबार वृहत सचेतना  र्‍याली निकालिएको छ । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको र्¥यालीमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा कर्मचारी, उद्योग वाणिज्य संघ लगायत निजी क्षेत्र, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा विभिन्न अस्पतालका चिकित्सक तथा नर्स उपस्थित भएका थिए । 
सहभागीहरुले सडक दुर्घटना न्यूनीकरणका विभिन्न सन्देशमुलक नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । बिहीबार बिहान नारायणगढको पुलचोकबाट सुरु भएको र्¥याली शहीदचोक, लायन्सचोक, चौबीसकोठीहुँदै गेष्टहाउस चौरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिं राठोर लगायतले सम्बोधन गरेका थिए । उनीहरुले अधिकांस सडक दुर्घटना लापर्बाहीका कारण हुने गरेकाले सबै सावधान हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले मोटरसाइकल दुर्घटना धेरै हुने गरेको भन्दै सवारी चालकलाई ट्राफिक नियम र दुर्घटनाबारे जानकारी भए पनि लापर्बाही गर्ने गरेको उल्लेख गरेका थिए । 
मुलुकभर सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह कार्यक्रम गरिरहे पनि चितवनमा भने विभिन्न संघसंस्थाको सहकार्यमा रचनात्मक कार्यक्रम लिएर जनस्तरमा पुगेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताए । 


वैशाख २३ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत २६ गतेदेखि २८ गतेसम्म वडा स्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसंग अन्तरक्रिया, २८ गते दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन र २९ गते समापन समारोह रहेको ट्राफिक कार्यालयका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर ज्यूठकुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस