चितवन प्रहरीद्वारा आफै उम्रिएका गाँजा नष्ट

बुधबार, २५ बैशाख २०७६, १६ : १६
चितवन प्रहरीद्वारा आफै उम्रिएका गाँजा नष्ट

चितवन । बुधबार भरतपुर विमानस्थलको अगाडि आफै उम्रिएका गाँजा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सशस्त्र प्रहरीको १७ नम्बर गण आपँटारीको संयुक्त टोलीले करीब ७ कठ्ठा क्षेत्रफलमा रहेको गाँजा फडानी गरेको हो ।
भरतपुर विमानस्थलको रागमार्गसँग जोडिएको कम्पाउण्डको चौबिसकोठीदेखि रिजालचोकसम्म वर्षेनी आफै गाँजा उम्रने गरेको छ । लागूूऔषध गाँजाको सेवनले समाजमा विकृति, अपराधीक घटनामा वृद्धि हुने अवस्थालाई मध्यनजर गर्दै गाँजाको बोट सानो हुँदै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँले कसैले गाँजा खेती गरेको, आफै उम्रिएको गाँजा, भाङलाई समय समयमा फडानी गर्दै आइरहेको बताउनुभयो । चितवन प्रहरीले जिल्लाका सडक छेउमा, कार्यालय परिसरमा आफै उमिएका गाँजालाई विषेश टोली परिचालन गरी नष्ट गर्ने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस