बिप्लवका पोलिटब्यूरो सदस्य पदम राई निलम्बित

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, ०७ : ३१
बिप्लवका पोलिटब्यूरो सदस्य पदम राई निलम्बित

काठमाडौं । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अवलम्वन गदै आईरहेको नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाले पार्टीका एक प्रभावशाली पोलिटब्यूरो सदस्यलाई कारवाही गरेको छ ।

पार्टीभित्र फरक मत राखेकै आधारमा उनलाई कारवाही गरिएको विप्लव नेतृत्वको नेकपाका एक नेताले वताए । यसरी कारवाहीमा पर्ने पोलिटब्यूरो सदस्य हुन्, पदम राई ।

उनले केही समय अगाडी विप्लव र सरकार दुवै नेकपा नै रहेको र दुवै पार्टी वीच द्दन्द्द वढाउनु उपयुक्त नहुने भन्दै वार्ता र सम्वादमा जोड गरेका थिए । पार्टी नीति विपरित अभिब्यक्ति दिएको, सरकारसँग आत्मसर्मपण गरेको कारण कारवाही स्वरुप निलम्वन गरिएको विप्ल्वका एक केन्द्रीय नेताले वताए ।

राईले केही साता अगाडी मात्रै केही सञ्चारमाध्यमलाई अन्र्तवार्ता दिँदै वार्ताको बातावरण बनाउनु पर्ने वताएका थिए ।

‘सरकारले लड्न खोजेको हो भने हामीले पनि लडेर देखाइदिनुपर्छ । आत्मसमर्पण गर्नुभन्दा लडेर खरानी हुँदा ठीक हुन्छ । कतिपय साथीहरू खरानीबाटै अर्काे विद्रोह जन्मन्छ भन्नेमा हुनुहुन्छ । मेरो भनाइ यसरी सोच्नु भएन भन्ने छ । यसैमा पार्टीभित्र बहस चलिरहेको छ,’ राईले सञ्चारमाध्यमहरुसँग भन्दै आएका थिए,– ‘वार्ताको विकल्प छैन, हामी निरन्तर लडौंला, पार्टी राम्रो पनि बन्ला । तर जित्न सक्ने अवस्था छैन,’ राईले भने, ‘१० वर्षको युद्धबाट हामीले के पायौं, के गुमायौं ? त्यसको पनि समीक्षा गर्दै वार्ता गर्नुको विकल्प छैन ।’

भूगोलमा कुनै जिम्मेवारी नदिएका राईलाई हिजो मंगलबारदेखि निलम्बन गरिएको नेकपा स्रोतले वतायो ।

राई भोजपुरका तत्कालीन माओवादी नेता हुन् । शान्ति प्रक्रियापछि आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद बनेका थिए । राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए । गत निर्वाचनमा प्रदेश एक का मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका र ६० हजार धरौटीमा रिहा भएका थिए ।

विप्लव नेकपाका नेताहरुले हाल काठमाडौंमा रहेका उनलाई सरकारले पक्राउ गरेको र रिहा गरेर वार्ताका पक्षमा वोल्न लगाएको हुन सक्ने आशंका पनि गरेको छ । राईले भने कारवाही पछि कुनै प्रतिक्रिया दिईसकेका छैनन । 

प्रतिक्रिया दिनुहोस