गोरखा पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

आइतबार, ०७ माघ २०७४, १८ : २५
गोरखा पस्लाङ चौतारामा द्रव्य शाहको शालिक स्थापना

गोरखा । गोरखा राज्य आक्रमण पछि राज्याभिषेक गरिएको पश्लाङ चौतारोमा तत्कालिन राजा द्रब्य शाहको शालिक निर्माण गरिएको छ । मुर्तिकार प्रचण्ड शाक्यले निर्माण गरेको अर्धकदको शालिक एक कार्यक्रमका बीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले उद्घाटन गरेका हुन् ।
ऐतिहासिक धार्मिक र साहसिक पर्यटनका हिसाब गोरखा निकै सम्भावना भएको क्षेत्र रहेको वाग्लेले विश्व बजारमा गोरखाको प्रचार आवश्यक रहेको बताए । शालिक बनेपछि स्थानीय पनि निकै खुशी भएका छन् । गोरखा उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत पर्यटन विकास गर्न चार लाख रुपैयाँ लगानीमा शालिक निर्माण गरिएको हो ।
द्रव्य शाहले लिगलिगकोटका साथै बारपाक राज्य आक्रमण गरी विजय हासिल गरेपछि गोरखा राज्यमाथि हमला गर्दै वि.सं. १६१६ भदौ २५ गतेदेखि वि.सं. १६२७ सालसम्म राजा भएका थिए । गोरखा उद्योग वाणिज्य सघंका अध्यक्ष श्रवण कुमार जोशीको अध्यक्षतमा शालिक अनावरण कार्यक्रम भएको हो ।

 

प्रतिक्रिया दिनुहोस