दाहासंस्कार गर्ने क्रममा नवजात शिशुले सास फेरेपछि

सोमबार, २३ बैशाख २०७६, १२ : १३
दाहासंस्कार गर्ने क्रममा नवजात शिशुले सास फेरेपछि

भरतपुर ।आइतबार  नवजात शिशुको मृत्यु भएको आशंका गरी देवघाटमा दाहासंस्कारका लागि खाल्डो खन्दै गर्दा शिशुले सास फेरेपछि पुनः अस्पताल ल्याई उपचार गरिएको छ । मकवानपुरकी एक अविवाहित महिलाले जन्माएको बच्चालाई चितवन मेडिकल कलेजले अवस्था नजुक रहेको बताएपछि उनीहरुले शिशुलाई दाहासंस्कारका लागि देवघाट लगेका थिए ।           
अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शिशु जिवित रहेको थाहा पाएपछि एम्बुलेन्समा तुरुन्तै चितवन मेडिकल कलेज ल्याई भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । शिशुको हजुरआमालाई जिल्ला प्रहरी कार्यालयले चितवनले पक्राउ गरी अन्सन्धान गरी रहेको उहाँले जानकारी दिनुभयो ।

    
 

प्रतिक्रिया दिनुहोस