गाँजा तस्करीमा संलग्न एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

सोमबार, २३ बैशाख २०७६, ११ : १८
गाँजा तस्करीमा संलग्न एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार राती २ः५० बजे  हेटौडा उपमहानगरपालिका वठा नम्बर १५ लच्कास्थित सडक खण्डबाट ६४ केजी गाँजासहित एक भारतीय एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशुवाको कमाण्डको टोलीले बिआर ०५ पी ५६०५ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ड्राईभरको सिटपछाडि लुकाएको अवस्थामा एम्बुलेन्ससहित गाँजा बरामद गरको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिईएको र सो एम्बुलेन्सको चालक र गाँजा धनीको खोजतलास तथा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।


 

प्रतिक्रिया दिनुहोस