के, किन, कसरी पढ्ने

शुक्रबार, २० बैशाख २०७६, १७ : २१
के, किन, कसरी पढ्ने

चिप्लेढुङ्गा । शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल(सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ । 

विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने,  किन पढ्ने,  कसरी पढ्ने,  कस्ता साथी बनाउने,  कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो । 

वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विकृति, बढ्दै गएको सामाजिक समस्या, मौलिक संस्कृतिमा आएको अस्तित्वको सङ्कट, प्रतिकूल बन्दै गएको पर्यावरण, शिशुमा देखिएको  मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि समसामयिक विषयको प्रस्तुति रहेको थियो । 

श्रव्यदृश्य सामग्रीको उत्पादन र प्रसारणमार्फत नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले गठित साभले काम गरिरहेको संस्थाका अध्यक्ष तुलसी प्रवासले  जानकारी दिनुभयो ।   
शैक्षिक सत्रको शुरुमा आयोजित गोष्ठीले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकको  प्रतिक्रिया थियो । बिहीबार आयोजित गोष्ठीमा विभिन्न विद्यालयका ५०० जनाको सहभागिता थियो । (रासस)

प्रतिक्रिया दिनुहोस